उपत्यकाका २४ स्थानमा कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा २४ वटा स्थानमा कोभिडविरुद्धको खोप केन्द्र सञ्चालनमा ल्याएको छ । सरकारले तोकेका खोप केन्द्रबाट १८ वर्ष माथिका नागरिकले तोकिएको समयमा पुगेर खोप लिन ससक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका ११ स्थानमा, ललितपुरले जिल्लाका ११ स्थान र भक्तपुरले २ स्थान गरी कुल २४ स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याएको छ । यी सबै खोप केन्द्रमा १८ वर्षमाथिका नागरिकले खोप लगाउन पाउने छन् । खोप केन्द्रमा भेरोसेल कोभिसिल्ड र एस्ट्राजेनिका खोप लगाइने छ।
काठमाडौं उपत्यकाका खोप केन्द्र
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
सहिद मेमोरियल अस्पताल कंलकी
लोत्से भवन नयाँ बसपार्क
वीर अस्पताल
बयोधा अस्पताल बल्खु
निजामती कर्मचारी अस्पताल
एपेक्स पोलिक्लिनिक जडिबुटी
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
वीरेन्द्र सैनिक बल अस्पताल छाउनी
नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
भक्तपुर जिल्लाहरुका खोप केन्द्र
ख्वप अस्पताल च्यामसिंह (बिदाको दिन बाहेक प्रत्येक दिन)
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा (बुधबार र शुक्रबार मात्र)
ललितपुर जिल्लाका खोप केन्द्र
पाटन अस्पताल,
छवा बहाल जनस्वास्थ्य शाखा
सैंबु स्वास्थ्य चौकी
बज्रबाराही चापागाँउ अस्पताल
बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र
लेले प्राथमिक स्वास्थ्य केन्द्र
लुभु प्राथमिक स्वास्थ्य केन्द्र
इमाडोल स्वास्थ्य चौकी
चौघरे स्वास्थ्य चौकी
गोटिखेल स्वास्थ्य चौकी
















नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया