नेप्से परिसूचक ५.५१ अंकले वृद्धि

काठमाडौं । दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसुचक बुधबार छिनो अंकले वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक र कारोबार रकम समेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ । नेप्से परिसूचक बुधबार ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ ।
त्यस्तै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.०१ अंक बढेको छ ।
आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबार ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको थियो ।
नेप्से परिसूचकका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक सबै भन्दा धेरै २.२१ प्रतिशत बढेको छ ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८४ प्रतिशत, होटल तथा प्रशोधनको ०.५७ प्रतिशत, लघुवित्तको ०.२४ प्रतिशत, म्युचुअल फण्डको ०.१३ प्रतिशत, जलविद्युतको ०.०९ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०.०४ प्रतिशत बढेको छ । तर, विकास बैंक ०.७ प्रतिशत, व्यापार र जीवन बीमाको ०.५ प्रतिशत घटेको छ।
बुधबार कारोबार रकमका आधारमा सबै भन्दा धेरै हिमालयन डिष्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । दोस्रो नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया