नेप्से परिसूचक ५.५१ अंकले वृद्धि

काठमाडौं । दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसुचक बुधबार छिनो अंकले वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक र कारोबार रकम समेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ । नेप्से परिसूचक बुधबार ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ ।
त्यस्तै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.०१ अंक बढेको छ ।
आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबार ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको थियो ।
नेप्से परिसूचकका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक सबै भन्दा धेरै २.२१ प्रतिशत बढेको छ ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८४ प्रतिशत, होटल तथा प्रशोधनको ०.५७ प्रतिशत, लघुवित्तको ०.२४ प्रतिशत, म्युचुअल फण्डको ०.१३ प्रतिशत, जलविद्युतको ०.०९ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०.०४ प्रतिशत बढेको छ । तर, विकास बैंक ०.७ प्रतिशत, व्यापार र जीवन बीमाको ०.५ प्रतिशत घटेको छ।
बुधबार कारोबार रकमका आधारमा सबै भन्दा धेरै हिमालयन डिष्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । दोस्रो नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।









काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
एकैदिन ५५ सयले बढ्यो सुन, आज तोलाको कति ?
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया