माओवादीको महाधिवेशन
प्रचण्डको प्रतिवेदन सर्वसम्मत पारित
चुनावपछि विशेष महाधिवेशन गर्ने, न्यौपानेको फरक मत प्रतिवेदनकै रुपमा नआएपनि स्वीकार गर्ने

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । प्रचण्डले एक्काइशौं शताब्दीको समाजवादको नेपाली बाटो शीर्षकमा ४५ पेजको दस्तावेज गत सोमबार वन्दशत्र हलमा दुई घण्टा १८ मिनेट लगाएर वाचन गरेका थिए ।
प्रचण्डले आफनो दस्तावेज आफैमा पूर्ण नभएको भन्दै त्यसलाई थप परिमार्जन र विकसित गर्नका लागि आउने चुनाव लगत्तै विशेष महाधिवेशन आयोजना गरेर संगठनामा रुपान्तरण र विचारमा अझ विकास गरेर लैजाने वताएका थिए ।
उनले एमसीसीका बारेमा प्रतिवेदनमा जे आएको छ, त्यही रुपमा वुझन पनि आग्रह गरेका थिए । त्यस्तै दलहरुको वर्ग विश्लेषण गर्ने विषय अहिले अप्ठ्यारो रहेको भन्दै अवस्था वुझिदिन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका थिए ।
तर, प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् । न्यौपानेको प्रस्तावमा प्रचण्डले लेखनाथ न्यौपानेको मतलाई स्वीकार गदै त्यसलाई आवश्यकता अनुसार छलफलमा लैजाने बताए । उनले न्यौपानेको मतलाई दस्तावेजको मूर्त रुपमा नआएको तर स्थायी समितिले छलफल गरेको बताए ।
न्यौपानेको भिन्न मतलाई स्वीकार गरेपनि प्रचण्डले विषय सार्वजनिक गर्ने प्रक्रियामा भने प्रश्न उठाएका थिए । उनले राम कार्कीको पुरक प्रस्तावलाई स्थायी समितिमा ल्याएर दिएको र त्यसलाई छलफल समेत गरिएको भन्द्र न्यौपानेको भने फरक मत सिधै वाहिर प्रचारमा गएकोले प्रक्रियागत रपमा मिलाउन आग्रह गरेका थिए । उनले अब प्रचण्डपथ ब्यूताउने कुरा अहिले नहुने पनि वताएका छन् ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।
तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
















कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया