तुलसीपुर उपमहानगर स्थानीय पाठ्यक्रम निर्माण गर्दै

दाङ । स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम निर्माण गर्न तुलसीपुर उपमहानगरपालिकाले सरोकारवालासँग सुझाव मागेको छ । उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०७९ देखि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम लागु गर्ने गरी तयारी गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जीवनउपयोगि शिक्षाका लागि स्थानीय विषय वस्तुमा आधारित पाठ्यक्रम लागू गर्न लागिएको बताए । उनले तुलसीपुरको संस्कृति, पर्यटन, कृषि, भाषा आदिमा रहेर पाठ्यक्रम तयार गरिने बताए ।
कक्षा १ देखि ८ सम्मका लागि स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम तयार पार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए ।
उपमहानगरपालिकाले भौगोलिक तथा जनसंख्याको अवस्था, भाषा, संस्कृति, परम्परा, चाडपर्व, जातजाति, भेसभुसा, धर्म, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र, वातावरण, ऐतिहासिक तथा सांस्कृतिक संरचना, पर्यावरणीय सचेतना तथा प्राकृतिक तथा मानवजन्य प्रकोप न्यूनीकरण र विपद् व्यवस्थापन, सूचना र प्रविधिलगायतका विषयहरू पाठ्यक्रममा समावेश हुनेछन् ।
त्यस्तै शैक्षिक अवस्था, संरचनागत धारणा, पेसागत धारणा तथा सामाजिक रहनसहन र मूल्यमान्यता, कृषि व्यवसाय तथा पशुपंक्षी पालन, परम्परागत चिकित्सा एवं प्राथमिक उपचार विधि, उद्योग एवं कलकारखाना, खेलकुद लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गर्न सरोकारवालासँग सुझाव मागिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले सरोकारवालाहरूसँग पहिलो चरणको अन्तरक्रिया गरेको हो । सरोकारवालाले व्यवहारिक शिक्षामा आधारित पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
एनप्याव्सन तुलसीपुरका अध्यक्ष भोजराज न्यौपानेले पाठ्यक्रम निर्माण गर्दा बालबालिकाहरूको भावनालाई कदर गर्नुपर्ने समेत बताए । त्यस्तै वातावरण विद् डिल्लीबहादुर रावतले पाठ्यक्रममा जैविक कुरालाई बढी जोड दिनुपर्ने बताए । उनले विद्यार्थीहरूलाई बढी माटोको बारेमा जानकारी गराउने खालले पाठ्यक्रम तयार गर्नुपर्ने बताए ।
साथै तुलसीपुर उपमहानगरपालिकाका अधिकृत झरेन्द्र खरेलले स्थानीय काष्ठकला, चित्रकला, पर्यटनलाई पनि समावेश गर्नुपर्ने बताए । शिक्षा विज्ञ मुकुन्द रिजालले हाजिरी अपडेट तथा विद्यार्थीको नियमिततालाई ध्यान दिनुपर्ने बताए ।
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया