‘ए’ डिभिजन लिगः आज तीन खेल हुँदै, मनाङ र ब्रिगेडकाे खेल पोखरामा

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिवार तीन वटा खेल हुँदैछ ।
काठमाडौंको दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबको सामना गर्नेछ । दोस्रो खेलमा आज मनाङ मस्र्याङ्दी र ब्रिगेड ब्वाइज भिड्ने छन् भने आजै हुने तेस्रो खेल संकटा र च्यासलबीच हुनेछ ।
मनाङ र ब्रिगेड ब्वाइजबीचको खेल भने पोखरामा हुनेछ ।
थ्री स्टार ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ भने जावलाखेल ६ खेलबाट समान ७ अंकमा नवौं स्थानमा छ ।
मनाङ ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ । उसमाथि एएफसी कप छनोट खेल्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । ब्रिगेड ब्वाइज ६ खेलबाट ५ अंकमा १२ औं स्थानमा छ ।
तेस्रो स्थानमा रहेको संकटाको ६ खेलबाट १२ अंक छ । च्यासल भने समान ६ खेलबाट ४ अंकमै सीमित रहेर १३ औं स्थानमा छ ।
शुक्रबार सातौँ चरणको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–२ ले पराजित गरेको थियो भने विभागीय टोली एपीएफ र आमीले एक एक गोल गरी बराबरी भएपछि अंक बाँडेका थिए ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया