मंगलबार, पुष ८, २०८२

थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ पुष १८ गते १६:४७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २०९ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया