मलामी बोकेको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

बुटवल । पाल्पामा आइतबार दिउँसो भएको मलामी बोकेको बस दुर्घटनाका मृतक सातमध्ये छ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर र २८ वर्षीय भोजेन्द्र वि, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने ३२ वर्षीय विजय थापा क्षेत्री, बुटवल–१७ बस्ने ३० वर्षीय पशुपति रसाइली, सोही ठाउँ निवासी वर्ष ४० का खुमबहादुर राना रहेका छन् । एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बुटवल–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ रुपन्देही बस्ने ३१ वर्षीया मिरा रामदाम, सोही ठाउँका ५० वर्षीय श्यामबहादुर वि, बुटवल–१७ बस्ने ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ बस्ने ५४ वर्षीय गोपाल नेपाली, गुल्मीको छत्रकोट गाउँपालिका–३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका–२ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बस्ने ४५ वर्षीय दिलमाया सुनार रहेका छन् ।
त्यस्तै अन्य घाइतेहरूमा तिलोत्तमा–१४ रुपन्देहीकी ४५ वर्षीया तारा सुनार, मालारानी–२ अर्घाखाँची बस्ने ३९ वर्षीय तुलसीराम बिक, सोही ठाउँका २२ वर्षीय दीपक बिक, बुटवल–१२ बस्ने ४८ वर्षीय माधवप्रसाद बस्याल, मालारानी–२ अर्घाखाँची बस्ने ४० वर्षीय अर्जुन रसाइली, सोही ठाउँ निवासी ३५ वर्षीय लक्ष्मण टोहटो र सोही ठाउँका २७ वर्षीय विष्णु विक रहेका छन् ।
घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास र तानसेन मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर खातीले जानकारी दिए । बुटवलबाट शव लिएर सतगतको लागि रिडितर्फ जाँदै गरेको लु१ख ७२७९ नम्बरको बस आइतबार बिहान १०:४० बजे पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवास्थित तानसेन–रिडी पक्की सडक खण्डमा करिब ५५ मिटर तल खसी दुर्घटना भएको थियो ।
चालक भने सकुशल अवस्थामा प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया