सुल्तानपुरमा मोदीलाई कालोझण्डा देखाउने रीतामाथि गोली प्रहार
मेरोन्यूज
२०७८ पुष २० गते १०:४६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको सुल्तानपुरमा कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार भएको छ । उत्तर प्रदेशको सुल्तानपुरमा नै भारतीय प्रधानमन्त्री मोदीलाई कालो उनले झण्डा देखाएकी थिइन् ।
गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस–वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेकाबेला रीताले कालो झण्डा देखाएकी थिइन् ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । रीतालाई सुल्तानपुरबाट घर फर्किदै गर्दा राजमागर्गमा गोली प्रहार भएको हो ।
गोली लागेर घाइते यादवको अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया