एमसीसी यथास्थितिमा पारित नगर्ने माओवादी महाधिवेशनको निर्णय (प्रस्तावसहित)

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी अनुदान सम्झौता यथास्थितिमा पारित गर्नु नहुने निर्णय लिएको छ । पार्टीको काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट माओवादीले यस्तो निर्णय लिएको हो । महाधिवेशनले पारित गरेको माओवादीको ४५ बुँदे समसामायिक प्रस्तावमा यथास्थितीमा एमसीसी सम्झौता पारित गर्न नहुने उललेख गरिएको छ ।
प्रस्तावमा भनिएको छ,- राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस । यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्रराष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।
त्यस्तै माओवादीको महाधिवेशनले निर्वाचन आयोगले पार्टीको विचार माथी अनाधिकृत हस्तक्षेप गर्न खोजेको भन्दै त्यसमा कडा असहमती र आपत्ति समेत जनाएको छ । पार्टीको विधानमा साभ्यवाद जस्ता शब्द हटाउने आयोगको निर्णयप्रति माओवादीले आपत्ति र असहमति जनाएको हो । महाधिवेशनले पारित गरेको यससम्वनधी प्रसतावमा भनिएको छ,-विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावना विपरित पार्टीको विधानमा केही उल्लेखित विचार माथी अनाधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन गर्दछ ।
त्यस्तै माओवादीले लिम्पियाधुरासम्मको नेपाली नक्सालाई पाठयक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग पनि गरेको छ । माओवादीको पारित समसामायिक प्रस्तावमा भनिएको छ, – कालापानी,लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ । साथै संघीय संसदबाट पारित पूर्ण नक्शालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।
त्यस्तै उसले सन् १९५० को असमान सन्धि लगायतका सबै असमान सन्धि–सम्झौताहरू खारेजी र सार्वभौमिक समानता र आपसी हितका आधारमा आवश्यकता अनुसार नयाँ सन्धि–सम्झौताका लागि आवश्यक पहलकदमी लिन नेपाल सरकार,देशका सबै राजनीतिक दलहरू र सरोकारवालाहरूलाई पनि विशेष अपील गरेको छ ।
हेर्नुहोस माओवादी महाधिवेशनले पारित गरेको समसामायिक प्रस्तावहरु
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया