सुदूरपश्चिममा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा डिजिटल बैंकिङ् साक्षरता अभियान सञ्चालन गरेको छ ।
बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यार्थीहरु लगायत समाजका सबै वर्गलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा अभियान सञ्चालन गरिएको थियो ।
भिमदत्त नगरपालिकामा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र सामाजिक कार्यक्रम प्रमुख गोमा अवस्थीको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेशराज जोशीले डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
त्यसैगरी एमिटि कलेज महेन्द्रनगरमा संचालित डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा कलेजका प्रधानाध्यापक रबिन्द्र अवस्थी, कलेजका बोर्ड सदस्य डा. नरेद्र बहादुर चन्द र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जनकप्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।
यस्तै, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन संकायका डिन प्रा. डा. पदमराज जोशी र सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका विभागीय प्रमुख शंकर दत्त भट्टको उपस्थिति रहेको थियो ।
















नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया