सुनिल स्मृति साहित्य महोत्सवको तयारी तीव्र

मुगु । रोल्पाको सुलिचौरमा सुनिल स्मृति साहित्य महोत्सव हुने भएको छ । कार्यक्रम जिएम मुभिजको आयोजना र सुनिल स्मृति गाउँपालिको आर्थिक सहयोगमा हुन लागेको हो ।
आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्न लागेका हुन् । कार्यक्रममा माओवादी नेताहरू जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको समेत विशेष उपस्थिति रहनेछ ।
आयोजकका अनुसार कार्यक्रममा १० वटा बहसका सेसनहरू सञ्चालन हुनेछन् । सुनिलको सपना सेसनमा वक्ताको रूपमा बाग्मती थापा प्रस्तुत हुनेछिन् भने उनलाई पत्रकार माधवकुमार वलीले सहजीकरण गर्नेछन् ।
कमरेडको खबर सेसनमा वक्ता झक्कु सुवेदी हुनेछन् भने सहजीकरण महेश न्यौपानेले गर्नेछन् ।
संसद्मा सर्कसमा वक्ता राजकुमार कुँवर छन् भने सहजीकरण नवीन लोचनले गर्नेछन् । त्यस्तै गाउँ जानेबाटोमा वक्ताहरू गुणेन्द्र घर्ती, रक्तिम पुन, दुर्गाबहादुर खड्का र बालाराम बुढा छन् भने सहजीकरण काँशिराम डाँगीले गर्नेछन् ।
बिर्सिएको युद्ध पर्यटनमा वक्ताहरू पुरण क्षेत्री, खेम बुढा र पृथ्वी पुन छन् । उनीहरूलाई मनीषा श्रेष्ठले सहजीकरण गर्नेछिन्। कार्यक्रममा राष्ट्रिय मुद्दाका विषयहरू पनि उठाइएको आयोजकले बताएको छ । कविले बिराएको बाटोमा कविहरू श्यामल अधिकारी र श्रवण मुकारुङ वक्ता छन् ।
उनीहरूलाई युवा पुस्ता चर्चित कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नेछन् । धार्मिक सत्ताको पन्जामा रामचन्द्र ढकाल र कीर्तिमान पुन वक्ता रहनेछन् भने सहजकर्ता राजकुमार बानिया रहनेछन् ।
त्यस्तै कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका शक्तिशाली कविहरूले कविता वाचन गर्नेछन् । कार्यक्रममा चौथो आयाममा काठमाडौंका थिएटर कलाकारहरूले नाटकसमेत प्रस्तुत गर्नेछन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया