बुधबार, पुष २, २०८२

लागु औषधसहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ पुष २४ गते ८:५१

काठमाडौँ । सप्तरी प्रहरीले लागू औषधसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साइकलमा आइरहेका तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षीय परमान्द महतो र विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षीय तेजनारायण यादवलाई लागु औषधसहित पक्राउ गरेको हो ।

उनीहरूलाई सप्तरीको राजगढ गाउँपालिका ६ बनैनियाँबाट पक्राउ गरेको सप्तरीका प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुसँग रहेको एसपिएम प्रोक्सिभोन चार सय ८ थान, नाइट्राभेट १० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूलाई लागू औषध ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको काफ्लेले बताए ।

प्रतिक्रिया