देउवाको एमसीसी प्रस्तावमा ओलीको मौनता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पास गर्न भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् ।
शनिवार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेर देउवाले संसदको गतिरोध हटाएर एमसीसी पास गर्न प्रस्ताव गरेका थिए । सरकारबाट बाहिरिएपछि एमसीसीबारे सरकार नै मौन रहेकाले त्यसबारे आफू नबोल्ने ओलीले अडान लिँदै आएका थिए ।
पछिल्लो समय भने देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै गठबन्धन दलहरुसँग पनि छलफल अघि बढाएका थिए ।
शनिवार देउवाले गरेको प्रस्तावमा पनि ओलीले मौनता साँधेका छन् । आफूहरुको माग अहिलेसम्म पनि सम्बोधन नभएको भन्दै संसदको अवरोध कायमै रहने ओलीले जवाफ फर्काए । उनले एमसीसीबारेका देउवाको प्रस्तावमा कुनै जवाफ नदिएर माैनता साँधेका छन् ।
एमसीसीबारे सत्ता पक्षले नै औपचारिक रुपमा केही नभनेको ओलीको भनाइ थियो ।
बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।
प्रधानमन्त्री शेरवहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली भेटन ओलीको भक्तपुर बालकोटस्थित निवासमा विहान १० वजेर १० मिनेटमै पुगेका थिए । अघिल्लो दिन नै सत्ता गठवन्धन दलले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संन्यत्रले प्रधानमन्त्री देउवालाई ओलीसँग निर्णायक सम्वादका लागि छलफल गर्ने अख्तियार दिएको थियो ।














एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
Two killed in separate accidents in Palpa and Udayapur
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया