देउवाको एमसीसी प्रस्तावमा ओलीको मौनता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पास गर्न भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् ।
शनिवार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेर देउवाले संसदको गतिरोध हटाएर एमसीसी पास गर्न प्रस्ताव गरेका थिए । सरकारबाट बाहिरिएपछि एमसीसीबारे सरकार नै मौन रहेकाले त्यसबारे आफू नबोल्ने ओलीले अडान लिँदै आएका थिए ।
पछिल्लो समय भने देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै गठबन्धन दलहरुसँग पनि छलफल अघि बढाएका थिए ।
शनिवार देउवाले गरेको प्रस्तावमा पनि ओलीले मौनता साँधेका छन् । आफूहरुको माग अहिलेसम्म पनि सम्बोधन नभएको भन्दै संसदको अवरोध कायमै रहने ओलीले जवाफ फर्काए । उनले एमसीसीबारेका देउवाको प्रस्तावमा कुनै जवाफ नदिएर माैनता साँधेका छन् ।
एमसीसीबारे सत्ता पक्षले नै औपचारिक रुपमा केही नभनेको ओलीको भनाइ थियो ।
बिहीबार मात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि शनिबार प्रधानमन्त्री देउवा, विपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।
प्रधानमन्त्री शेरवहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली भेटन ओलीको भक्तपुर बालकोटस्थित निवासमा विहान १० वजेर १० मिनेटमै पुगेका थिए । अघिल्लो दिन नै सत्ता गठवन्धन दलले निर्माण गरेको उच्चस्तरीय राजनीतिक संन्यत्रले प्रधानमन्त्री देउवालाई ओलीसँग निर्णायक सम्वादका लागि छलफल गर्ने अख्तियार दिएको थियो ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया