मोटरसाइकल दुर्घटनामा मृत्यु
मेरोन्यूज
२०७८ पुष २५ गते ११:४४

देउखुरी । दाङको तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा२प १८४० नंको मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जीप र ना७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।
चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।
दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन बस्नेत सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । जीप चालक र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएकोे छ ।
सम्बन्धित















भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
नेपालगन्जमा १६ औषधि पसल निलम्बनमा
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया