विद्यालय बन्द गर्नेबारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने

काठमाडौं । कोभिड १९ संक्रमण तीब्र बन्दै गएपछि शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्नेबारे आज निर्णय गर्दैछ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले कोभिड संक्रमण उच्च बनेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सीसीएमसीसीको सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको हो । सीसीएमसीको सिफारिसबारेमा छलफल गरी आज निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ ।
केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ भने केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।
सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ ।
राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न सिफारिस गरेको छ ।














पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
Two killed in separate accidents in Palpa and Udayapur
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया