विद्यालय बन्द गर्नेबारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने

काठमाडौं । कोभिड १९ संक्रमण तीब्र बन्दै गएपछि शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्नेबारे आज निर्णय गर्दैछ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले कोभिड संक्रमण उच्च बनेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सीसीएमसीसीको सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको हो । सीसीएमसीको सिफारिसबारेमा छलफल गरी आज निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ ।
केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ भने केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।
सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ ।
राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न सिफारिस गरेको छ ।










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया