जब, ७४ वर्षपछि दाजुभाइको भेट भयो…
काठमाडौँ । सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो ।
भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो । विभाजनसँगै हिंसा र नरसंहार पनि मच्चिए । विभाजनको घाउ अझै पनि दुवै देशमा देखिन्छ ।
भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाइ ७४ वर्षपछि भेटेका छन् । पाकिस्तानी विभाजन संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् ।
सिद्दिकीले विभाजनपिछ भारतको पन्जाबको फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।
लामो समयपछि मिलन हुँदा दुई दाजुभाइ निकै भावुक बनेका थिए । एकले अर्कोलाई अंगालो हालेर आँशु चुहाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया