स्वीडेनका प्रधानमन्त्रीमा कोरोना संक्रमित
काठमाडौँ । स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ‘द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित हुनु भएको पुष्टि भएको छ,” उनका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
पार्टीका नेताहरुसँगको बैठकपछि उनलाई संक्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् । संक्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा रहनु भएको र उनले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ ।
सञ्चार सचिव जोन एक्स्ट्रोमले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी दिए । स्विडेनमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या तीव्र रुपमा बढ्दै गएको छ ।
सरकारी अधिकारीहरुका अनुसार बिहीबार मात्रै थप २२ हजार ५६४ जना नयाँ संक्रमित थपिएका छन् । महामारी बढ्दै गएकाले कतिपय गतिविधिहरु गर्न प्रतिबन्ध पनि लगाइएको छ । बार तथा रेष्टुरेन्ट बन्द गराउने, ५०० जनाभन्दा बढी मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइनेलगायतका नियम लागू गरिएको छ ।
समयमै उच्च सतर्कता नअपनाइएमा अवस्था भयावह हुन सक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।

















इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया