मृत्यु भइसकेको नाममा भत्ता निकालेर अनियमितता

काठमाडौँ । खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता अनियमिततासम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ । पहिले मृत्यु भइसकेका, हुँदै नभएका, बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षा भत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेको थियो ।
सोही उजुरीपछि २०७६ कात्तिक पहिलो साता बसेको गाउँ कार्य पालिकाको बैठकले उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छानबिन समितिले व्यापक अनियमितता देखिएको प्रतिवेदन १७ मंसिर २०७६ मा गाउँपालिका समक्ष बुझाएको थियो ।
हालसम्म गुपचुप राखिएको सो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चौतर्फी दबाब सिर्जना भएपछि गाउँपालिकाले १०औँ गाउँसभामा सामाजिक सुरक्षा भत्ता अनियमितता सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेको हो । उपाध्यक्ष मगरले बाचन गरेर सुनाएको प्रतिवेदनमा कुन वडामा, कति बजेट चुहावट भए भन्ने तथ्यांक भने खुलाइएको छैन ।
सामाजिक सुरक्षा भत्तामा भएको अनियमितता छानविनका लागि अख्तियारले कागजात मगाएपछि गाउँपालिकाले २७ फागुन २०७६ मा सो सम्वन्धी कागजात बुझाएको थियो ।
मृत्यु दर्ता, बसाई सराई लगायतसम्बन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी बराहपोखरी गाउँपालिका १ बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानविनका लागि १ कात्तिक २०७६ मा गाउँपालिकामा उजुरी परेको थियो ।
५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ ।
यस्तै, ४ जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए ।
बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी उजुरी परे पनि गाउँपालिकाले सबै वडाको छानविन गर्न आदेश दिएको थियो ।









चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया