कोभिडबाट भारतको महाराष्ट्रमा मात्रै १ लाख ४१ हजारको मृत्यु

नयाँ दिल्ली । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ ।
पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ ।
भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । कूल संक्रमितको ४ दशमलब १८ प्रतिशत संक्रीय संक्रमित छन् ।
पछिल्लो सातामा दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । पछिल्लो २४ घन्टामा मृत्यु भएकामध्ये १०६ जना केरलाका छन् ।
त्यस्तै, पश्चिम बंगालमा ३९ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कोभिडबाट महाराष्ट्रमा एक लाख ४१ हजार ७७९ जनाको र केरलामा ५० हजार ६७४ जनाको मृत्यु भएको छ ।
त्यस्तै, कर्नाटकमा ३८ हजार ४१८, तमिल नाडुमा ३६ हजार ९६७ र दिल्लीमा २५ हजार ३३५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, उत्तर प्रदेशमा २२ हजार ९५३ र पश्चिम बंगालमा २० हजार ५२ जनाको मृत्यु भएको छ ।
एजेन्सी









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया