इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । ब्राइटनसँग मंगलबार राति १–१ गोलको बराबरी खेलेसँगै चेल्सीको उपाधि यात्रा कठिन बनेको हो। सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सीले पछिल्ला खेलहरुमा लय गुमाउँदै गएपछि उपाधि यात्राबाट टाढा रहँदै गएको छ ।
गएराती भ्रमणकारी टोलीमाथि ब्राईटन बाधक बन्यो । अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा भएको उक्त खेलको अग्रता भने चेल्सीले लिएको थियो । २८औं मिनेटमा हाकीम जियेचले गोल गर्दै भ्रमणकारी टोली चेल्सीलाई अग्रता दिलाए । उनले कान्तेको पास सदुपयोग गरेका थिए ।
तर ६०औं मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितीमा ल्याए । बाँकी समय गोल नहुँदा चेल्सी अंक बाढ्न बाध्य भयो ।
नतिजासँगै चेल्सी २३ खेलबाट ४४ अंक सहित तेस्रो स्थानमा छ । जुन शीर्षस्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछि हो । दोस्रो स्थानको लिभरपुल एक अंकले माथि रहेको छ । तर लिभरपुलले दुई खेल कम खेलेको छ । यता, ब्राईटन भने २१ खेलबाट २९ अंक सहित नवौं स्थानमा छ ।
















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
सेयर बजारमा ४५ अङ्कको सुधार
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया