चिसोका कारण सुदुरपश्चिमको जनजीवन कष्टकर

कैलाली । कैलाली–कञ्चनपुरलगायत तराईका जिल्लाहरूमा एक सातादेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
चिसो बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । चिसोकै कारण बिरामीसमेत बढेका छन् ।
चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको संख्या ह्वात्तै बढेको सेती प्रादेशीक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनुपर्ने चिकित्सकको सुझाव छ ।
चिसोका कारण बढी मारमा मजुदरहरु परेका छन् ।
दिनभर चिसोमा काम गर्दा स्वास्थ्यमा समस्या देखिएको धनगढी १ हरियाली टोलका मोहन चौधरीले बताए ।‘दिनभर जाडोमा काम गर्नुपर्छ,’ उनले भने, ‘साँझ आएर आगो तापम भनेपनि दाउरा छैन् के गर्नु । गत वर्ष त धनगढी उपमहानगरपालिकाले दाउरा वितरण गरेको भएपनि यसवर्ष भने गरेन ।’
चिसोले घरबाहिर निस्केर हिँडडुल गर्न पनि गाह्रो भएको धनगढी १ कै कमला चौधरीले बताइन् । ‘लुगा धोऔं भनेपनि नसुक्ने भएर बरु मैलो लुगा लगाइन्छ,’ उनले भने । चिसोले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी समस्या हुने गरेको उनको भनाइ छ ।
‘जाडोले गर्दा काम गर्न समेत सकिरहेका छैनौँ,’ धनगढी १ का अट्टोरिक्सा चालक मोहनराज कठरियाले भने, ‘जाडोले अटो चलाउन नसकेपछि दिनभरि आगो तापेर बस्छौँ । अटो नचलाउँ भनेपनि बैंकको किस्तासमेत कसरी तिर्ने भन्ने चिन्ता छ ।’ गत वर्ष उपमहानगरपालिकाले दाउरा र न्यानो कपडा दिएपनि यस वर्ष नदिएकोमा उनले दुखेसो पोखे ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवम् प्रवक्ता सन्तोष मुडभरिले विगतका वर्षहरुमा दाउरा लगायत न्यानो कपडा वितरण गरिएको भएपनि यस वर्ष वन सम्बन्धी मुद्दालगायतका कारण दाउरा सकंलन हुन नसकेको र वितरण गर्न नसकिएको बताए ।
‘धेरै नै चिसो बढ्न थाल्यो भने त्यसको हामीहरु केही न केही विकल्प वैकल्पिक उपायहरु केही गर्छौँ’ उनले भने, ‘विभिन्न वडाहरुमा बजेट अलग तरिकाले पठाइएको हुन्छ । जुन–जुन वडामा योजना राखेका छौँ त्यहाँ वितरण भइरहेको छ ।’















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया