थप ४० लाख डोज मोडर्ना खोप ल्याउने तयारी

काठमाडौँ । सरकारले खरिद प्रक्रियाबाट आगामी सोमबार र मंगलबार थप ४० लाख डोज मोडर्ना खोप ल्याउने भएको छ । यसअघि ल्याइएका मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको छ ।
यो खोप पनि सोही उमेर समूहका खोप लगाउन बाँकी बालबालिकालाई दिइने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले आगामी सोमबार र मंगलबार ४० लाख खोप आउने जानकारी दिए । उनले भने, ‘फाइजर खोप हामीले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना बनाएका छौँ, अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना नै दिने नीति हो ।’
यसअघि फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो । तर, अब सो खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना अघि सारिएको छ । नेपालमा कोभिडविरुद्ध भेरोसेल, कोभिसिल्ड, एस्टाजेनेका, जानसन, फाइजर, मोडर्ना लगायतका खोपहरु लगाइएको छ ।
अहिले फ्रन्टलाइनरहरुलाई अतिरिक्त डोज (तेस्रो डोज) समेत दिन थालिएको छ ।

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया