प्रदेश नं १ मा थप ७०२ जनामा कोरोना सङ्क्रमण

बिराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पिसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा सात, इलाम र उदयपुरमा तीन–तीन, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २१९, सुन्दरहरैचा र स्थानीय तह नखुलेका तीन–तीन, कटहरीमा दुई र रङ्गेलीमा एक, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका दुई–दुई, बर्जु, दुहवी र देवानगञ्जमा एक–एक जनामा संक्रमण देखिएको छ ।
यस्तै, झापाको भद्रपुरमा २३, अर्जुनधारा र विर्तामोडमा चार–चार, मेचीनगरमा दुई, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा एक–एक र स्थानीय तह नखुलेका पाँच जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, पाख्रिबास र स्थानीय तह नखुलेका एक–एक, इलामको इलाम नगरपालिकामा तीन, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका एक–एक, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएकोे छ ।
प्रदेशमा आज २९ महिलासहित ७६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६१४ रहेको मन्त्रालयले जनाएको छ ।
















उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया