प्रदेश नं १ मा थप ७०२ जनामा कोरोना सङ्क्रमण

बिराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पिसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा सात, इलाम र उदयपुरमा तीन–तीन, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २१९, सुन्दरहरैचा र स्थानीय तह नखुलेका तीन–तीन, कटहरीमा दुई र रङ्गेलीमा एक, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका दुई–दुई, बर्जु, दुहवी र देवानगञ्जमा एक–एक जनामा संक्रमण देखिएको छ ।
यस्तै, झापाको भद्रपुरमा २३, अर्जुनधारा र विर्तामोडमा चार–चार, मेचीनगरमा दुई, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा एक–एक र स्थानीय तह नखुलेका पाँच जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, पाख्रिबास र स्थानीय तह नखुलेका एक–एक, इलामको इलाम नगरपालिकामा तीन, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका एक–एक, तेह्रथुम र भोजपुरमा एक–एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएकोे छ ।
प्रदेशमा आज २९ महिलासहित ७६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६१४ रहेको मन्त्रालयले जनाएको छ ।











बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया