काेराेना कहर
नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण
मेरोन्यूज
२०७८ माघ ९ गते १६:४७

काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण देखिएको जानकारी दिए ।
‘३२ नमुनाको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट देखिएको छ,’ उनले भने, ‘अहिले ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको पाइएको छ । ’
कोरोना संक्रमण देखिए पछि सात दिन आइसोलेसनमा बस्न समेत उनको सुझाब छ । नेपालमा हालसम्म ५५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।
यो पनि
सम्बन्धित















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
लन्डनमा प्यालेस्टाइन एक्सनको समर्थनमा प्रदर्शन , ५ सय जना पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया