देशभर कस्तो छ आजको मौसम ?
मेरोन्यूज
२०७८ माघ १० गते ६:५४

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजको मौसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको उसको भनाई छ ।
विभागका मौसमविद्हरुका अनुसार, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ ।
अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भईरहेको र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ ।
यी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया