तपाईको कागज कुन ट्राफिक कार्यालयमा छ ? यसरी पत्ता लगाउनुस्
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र कारवाहीमा परी आवश्यक कागजात खिचिएको अवस्थामा आफ्नो कागजात कुन कार्यालयमा पुगेको छ भन्ने थाह पाउन डकुमेण्ट ट्रयाकिङ सिष्टम प्रयोग गर्न आग्रह गरेको छ ।
सो ट्याकिङ सिष्टम प्रयोग गर्दा एसएमएस गर्नुपर्ने र एसएमएस गरेको केही समयमै त्यसको जानकारी दिने पनि ट्राफिक प्रहरीले जनाएको छ । ‘काठमाडौ उपत्यकाभित्रका ललितपुर, भक्तपुर, काठमाडौका कुन ट्राफिक प्रहरी कार्यालयमा आफ्नो कागज रहेको छ भन्ने जानकारी दिन्छ’, महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी उमेशराज जोशीले भने ।
उनका अनुसार प्रयोगकर्ताले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर इचालेन टाइप गरी एक स्पेश छाडेर आर्थिक वर्ष र चिट नम्बर लेखी ३४००१ म एसएमएस पठाउने पर्नेछ । सो म्यासेज पठाएको केही समयमा ट्राफिक प्रहरीले खिचिएको कागजपत्र कुन कार्यालयमा पुगेको छ भनेर एसएमएस मार्फत नै जानकारी दिनेछ ।
ट्राफिक प्रहरीले चिट काटेको केही समयपछि मात्रै डकुमेण्ट ट्रयाकिङ सिष्टम सक्रिय हुनेछ ।
यसैगरी ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ ।
यस अघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैँसकेको र सोमबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी “प्रभु–पेको किअस्क मेसिन” उद्घाटन गरेका थिए ।
ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको एसएसपी जोशीले बताएका छन् ।










भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया