बुर्किनो फासोमा सेनाको ‘कू’, संसद विघटन

बुर्किना फासो । बुर्किना फासोमा सेनाले कु गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले देशको सीमा बन्द गर्दै उचित समयमा ‘संवैधानिक आदेश’ मा फर्किने बाचा गरेको छ ।
यसअघि सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको, संविधान निलम्बन गरिएको र सरकार तथा विद्यायक सभा विघटन गरिएको जनाएको थियो ।
देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ ।
लेफ्टिनेन्ट कर्नेल पाउल हेनरी सान्दाओगो दामीबाले हस्ताक्षर गरेको घोषणालाई सेनाका अधिकारीले त्यहाँको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गरेका थिए । सेनाको कदम शान्तिपूर्ण भएको र पक्राउ गरिएकालाई सुरक्षित क्षेत्रमा राखिएको घोषणामा जनाइएको छ ।
सेनाले सरकार अपदस्त गर्नुअघि राजधानी सहरमा हिंसात्मक गतिविधि भएका थिए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया