रजनीकान्त सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै

नयाँदिल्ली । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् । यो निर्णयले फ्यानसँगै ऐश्वर्याका पिता रजनीकान्त पनि निराश छन् । छोरीको निर्णयबाट चिन्तित बनेका रजनीकान्तले अहिले दुवैलाई मिलाउने प्रयास गरिरहेका छन् ।
समाचारअनुसार रजनीकान्तमाथि छोरीको सम्बन्ध विच्छेदले नराम्रो असर परेको छ । उनी लगातार रूपमा ऐश्वर्यालाई सम्झाइरहेका छन् । उनले छोरीलाई सम्बन्ध विच्छेदअघिकै जस्तो जीवन बिताउन आग्रह गरिरहेका छन् ।
यता रजनीकान्त ज्वाइँलाई भेट्ने प्रयास गरिरहेका छन् । यद्यपि धनुषले भने रजनीकान्तसँग भेट्न चाहिरहेका छैनन् । उनी रजनीकान्तसँग दूरी बढाइरहेका छन् । धनुष रजनीकान्तको इज्जत गर्ने र उनको भनाइलाई सहज स्वीकार्ने भएकाले पनि धनुष रजनीकान्तसँग छलफलमा बस्न चाहिरहेका छैनन् ।
धनुषका पिता कस्तुरी राजाले छोराबुहारीको सम्बन्ध विच्छेदकै कारण पारिवारिक झगडा भएको बताएका थिए । ‘यो परिवारबीचको झगडा हो । विवाहित जोडीबीच यस्तो भइरहन्छ’, उनले भनेका थिए ।
धनुष र ऐश्वर्या दुवैको परिवारले सम्बन्ध विच्छेदको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । सम्बन्ध विच्छेदपछि पनि यो जोडी हैदराबादको एक होटलमा बसेका थिए । यद्यपि सम्बन्ध विच्छेदपछि पनि ऐश्वर्याले सामाजिक सञ्जालबाट पतिको नाम हटाएकी छैनन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया