कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण
काठमाडौं । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार सञ्चालित खोकना आरोग्याश्रममा पुगेर संघले कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण गरेको हो ।
संघले जापानमा रहेको द निपुन फाउण्डेशनको आर्थिक सहयोगमा २०० थान ब्ल्याङ्क्वेट र २०० थान ज्याकेट वितरण गरेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताए ।
त्यसका साथसाथै संघले सेनिटाइजर, साबुन, मास्क पनि सहयोग गरेको उनले बताए ।
आरोग्याश्रममा रहनुभएका कुष्ठरोग प्रभावितहरुले जाडोमा न्यानोको लागि ब्ल्याङ्क्वेट र ज्याकेट पाएपछि खुशी व्यक्त गरेका छन् । नेपाल पर्वतारोहण संघले विभिन्न समयमा सामाजिक सेवाको काम गर्दै आएको छ । आगामी दिनमा पनि मानविय सेवाको कामलाई निरन्तरता दिने संघले जनाएको छ ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया