मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना भएको पुष्टि

कैलाली । गत माघ १२ गते धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पर्सनल सेक्युरिटी अफिसर(पिएसओ)समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका थिए ।
मृत्युपछि पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण समेत गरिएकाले उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
‘उनी मृत्युपूर्व बिरामी थिए, साथै कोरोनाको लक्षण समेत देखापरेकाले परीक्षण गर्न लगाएका थियौैं। हिजो(शुक्रवार) उनको रिपोर्ट पोजेटिभ आयो’ उनले भने ।
मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आइनसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागि पठाइएको समेत प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
‘अब सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्नेछ । हामीले अनुसन्धान जारी राखेका छौं’ उनले भने । प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा बस्दै आएका थिए । जोशीको दरबन्दी धनगढी गणमा थियो ।
















तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया