भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु
मेरोन्यूज
२०७८ माघ १५ गते १८:५६

काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
शनिबार अपरान्ह २ः२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा७०प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् ।
उनलाई बा५ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक काभ्रेको बनेपा नगरपालिका–९ का ४१ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ ।
सम्बन्धित











एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया