प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन शुरु
मेरोन्यूज
२०७७ चैत ११ गते १५:३३

नुवाकोट । जिल्ला समन्वय समितिका आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ बट्टारस्थित कभर्ड हलमा बुधबार (आज) देखि शुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् ।
प्रतियोगितामा रसुवाका ६ टोलीका १२ खेलाडी सहभागी छन् । जिल्लामा ब्याडमिन्टनको अहिलेसम्मको सबैभन्दा ठूलो भनिएको प्रतियोगिता हो । यस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई रु २० हजार, रु १५ हजार र रु।० हजारसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताले खेलप्रति जिल्लावासीमा थप रुचि पैदा गर्ने बताए । आयोजक जिससका प्रमुख सन्तमान तामाङले प्रतियोगिताबाट जिल्लामा ब्याडमिन्टनप्रतिको आकर्षण बढ्ने बताए । रासस
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया