‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने

काठमाडौं । यही चैत २० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाण्डौंमा हुने ‘गल्फ टुर्नामेन्ट’मा कर्पोरेट क्षेत्रका संस्थाहरुका तर्फबाट सहभागिता हुनेछ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा पहिलो पटक हुन लागेको ‘गल्फ टुर्नामेन्ट’ पाँच वर्षसम्म नियमित रुपमा हुने चेम्बरले जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने सहमति भएको हो । चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले समझदारीपत्रमा हस्ताक्षर भयो ।
अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने शर्माले जानकारी दिए । उनले भने ‘यसखालका प्रतियोगिताले कोभिड १९ पछि खस्किएको पर्यटन उद्योगलाई प्रबद्र्धन गर्न सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।’
















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया