मेयर कप फुटबल प्रतियोगिता आजदेखि सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुनलागेको हो ।
देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने देवचुली नगर युवा तथा खेलकूद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताउनुभयो । प्रतियोगितामा नगरभित्रका १६ समूहले प्रतिस्पर्धा गर्ने उहाँको भनाइ छ । नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारीस्वरुप प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगिता संयोजक विष्णुकुमार वाग्लेले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा किशोर–किशोरी केन्द्रित खेलकूदका कार्यक्रम सञ्चालन गर्ने बताए । उनले खेलमैदान निर्माणदेखि प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए । खेलकूदका कारण खेलाडीको स्वास्थ्यमा सकारात्मक परिवर्तन मात्रै नभएर यसबाट नगर, जिल्ला र राष्ट्रले गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने उनको भनाइ छ ।
खेलकूदका कार्यक्रमसँगै प्रशिक्षणलाई समेत अगाडि बढाउने तयारी भएको वाग्लेको भनाइ छ । सो प्रतियोगिताको विजेता समूहले नगद रु एक लाख ५० हजार तथा उपविजेता समूहले नगद रु ७५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वाग्लेले बताए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकसहित विधागतरूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने संयोजक वाग्लेको भनाइ छ ।
















राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
पाकिस्तानमा सुरक्षा कारबाही: पाँच आतंकवादी मारिए
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया