एपिएफ क्लब आरबिबि एनभिए कपकाे शीर्ष स्थानमा

काठमाडाैं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष स्थानमा अटाएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषदको कभर्डहलमा सम्पन्न खेलमा एपिएफले सम्पन्न तीन खेल मध्ये सबैमा जित निकाल्दो ९ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि आफ्नो अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दियो ।
७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको एनपिसी ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन् । नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शुन्य अंकका साथ पुछारमा रहेका छन् ।
प्रतियोगिताअन्तर्गत महिलातर्फ सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले सम्पन्न तीन खेलमा स्पष्ट जित निकाल्दै समान ८/८ अंकका साथ शीर्ष स्थानमा रहेका छन् । आर्मीले ह्वाङ्गजी न्यू डायमण्ड संग र पुलिसले एपिएफ संग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँडेका थिए ।
यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपिएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् । शीर्ष दुई टोलीले फाईनलमा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आज भएको महिला तर्फको खेलमा पुलिस र सेनाले जित हात पार्याे । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–५, २५–५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५–९, २५–८, २५–१३ ले पराजित गरेको हो ।
यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१९, २५–११ ले पराजित गर्याे । तीन भारतीय खेलाडीसहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१–२५, २५–१८, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया