बर्दियामा बाघको आक्रमण रोकिएन, बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारी कै मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एक जना कर्मचारीको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा उनलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको शव आइतबार राती ८ बजेतिर फेला परेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।
निकुञ्जका वार्डेन विष्णु प्रसाद श्रेष्ठले चौधरी गैंडा गणनामा संलग्न रहेको र हात्तीको साथ निकुञ्जमा रहेको समयमा बाघको आक्रमणबाट मारिएको बताए ।
पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् ।
निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसलाई आक्रमण गर्ने घटना पनि बढेको छ । नरभक्षी बाघलाई नियन्त्रणमा लिएर खोरमा थुन्ने कामलाई निकुञ्जले जारी राखेको छ ।
यसअघि मानिसलाई आक्रमण गर्ने एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि सो बाघ खोर भत्काएर भागेको थियो ।









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया