त्रिभुवन आर्मीले एएफसीकप २०२१ सुरुआती छनोट चरणको खेल्दै

काठमाडौं । बुधबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्बलले एएफसीकप २०२१ सुरुआती छनोट चरणको खेल्दै छ । प्रि म्याच कन्फरेन्समा बोल्दै दुबै टोलीले सुखद नतिजा निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य राखेका छन् ।
एएफसीकप २०२१ सुरुवाति छनोट चरणमा श्रीलंकाली लिग च्यामिपयन श्रीलंका पुलिस स्पोर्ट्स क्लबले बुधबार दशरथ रंगशालामा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ । मंगलबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले त्यस खेलका लागि तयार रहेको र त्यसमा राम्रो प्रदर्शनको उद्देश्य रहेको बताए । घरेलु दर्शकको साथ पाउने अपेक्षा गरिएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितसँगै नेपाली फुटबल समर्थकलाई खुसी दिन चाहेको बताए ।
यस्तै कप्तान भरत खवासले पनि प्रशिक्षकको सहमत जनाउँदै टिमको तयारी राम्रो रहेको बताए । उनले टोलीमा राम्रो संयोजन भएको भन्दै भ्रमणकारी टोलीविरुद्ध सुखद नतिजा निकाल्नेमा विश्वास व्यक्त गरे ।
श्रीलंका पुलिस एससीका प्रमुख प्रशिक्षक झिलाउ एलपेन्सुले कोरोना भाइरसको महामारीका कारण खेलाडीले ढिलामात्र तयारी गरेको बताए । पहिलो पल्ट एएफसीमा सहभागिता भएको र टोलीमा कोही पनि राष्ट्रिय खेलाडी नभएकाले खेल प्रभावित हुने डर प्रशिक्षकको छ ।
यस्तै कप्तान चमिका कुमाराले छोटो समय तयारी भए पनि राम्रो भएको र सकारात्मक नतिजाका लागि खेल्ने बताए । प्रारम्भिक चरणको खेल एकै लिगको मात्र हुनेछ । श्रीलंकाली टिमको तुलनामा आर्मीको वरीयता माथि भएको हुनाले उसले आफ्नो घरेलु मैदानको फाइदा उठाउने मौका पाएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले लासेन्स पाएपछि आर्मीले एसियाली क्लब प्रतियोगिता खेल्न थालेको यो पहिलो पल्ट हो । यसअघि मनाङ मस्र्याङ्दी ०७१ को विजेताका रूपमा एएफसी प्रेसिडेन्ट्सकप खेलेको थियो । बुधबारको खेलको विजेताले सात दिनपछि अप्रिल १४ मा भारतको आईएसएल टिम बेंगलुर एफसीसँग गोवामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले पनि अन्तिम समूह चरण पुग्न तेस्रो खेल खेलनु पर्नेछ र त्यसको स्थानबारे निर्णय हुन बाँकी छ । दशरथ रंगशालामा हुने खेलमा बढीमा सात हजार दर्शनले प्रवेश









सेयर बजारमा सामान्य अंककाे वृद्धि
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु
नेपालमा शाओमी १५टी : लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः सोमबार दुई खेल हुने
चुनावमा भाग लिने कांग्रेसको निर्णय
प्रतिक्रिया