आइपिएलमा बैंगलोरको विजयी सुरुवात

काठमाडौं । १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंलोरले मुम्बई इन्डियन्सलाई हराउँदै विजयी सुरूवात गरेको छ ।
बिराट कोहली कप्तानीमा रहेको रोयल च्यालेंजर्स बैंगलोरले रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्समाथि खेलको अन्तिम बलमा २ विकेटको रोमान्चक जित हात पार्दै विजयी सुरुवात गरेको हो । चेन्नाईको एमए चिदम्बरम रंगशालामा १६० रनको मध्यम लक्ष्य पछ्याएको बैंगलोरले खेलको अन्तिम बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
बैंगलोरका लागि एबी डी भिल्लियर्सले सर्वाधिक ४८, ग्लेन म्याक्स्वेलले ३९ तथा कप्तान बिराट कोहलीले ३३ रन बनाएका थिए । वासिङ्टन सुन्दरले १० रन जोडे भने रजत पटिदारलाई ८ रनमा बोल्ड भएका थिए । ४६÷२ को स्थितिबाट कोहलीले ग्लेन म्याक्स्वेलससँग ५२ रनको अर्धशतकीय साझेदारी गर्दै बैंगलोरको इनिंग्स उकासेका थिए ।
बैंगलोरलाई जितका लागि अन्तिम २ ओभरमा १९ रनको आवश्यकता रहेको थियो । जस्प्रित बुम्राहले १९ औं ओभरमा २ चौकासहित १२ रन खर्चिएपछि बैगलोरलाई जितका लागि अन्तिम ओभरमा ७ रनको खाँचो रहेको थियो । मार्को जान्सेनले गरेको अन्तिम ओभरको पहिलो बलमा एबि डी भिल्लीयर्सले १ रन लिएका थिए ।
त्यसपछि क्रिजमा नयाँ आएका हर्षल पटेलले २ रन लिए । तेस्रो बलमा पटेलले १ रन लिँदै एबि डी भिल्लीयर्सलाई स्ट्राइक दिए । त्यसपछि चौथौं बलमा २ रन लिन खोज्दा एबि डी भिल्लीयर्स रन आउट हुन पुगे । बैंगलोरलाई जितका लागि अन्तिम २ बलमा २ रनको आवश्यकता रहँदा मोहम्मद सिराजले पाँचौ बलमा १ रन तथा अन्तिम बलमा हर्षल पटेलले १ रन लिंदै बैंगलोरलाई रोमान्चक जित दिलाए ।
मुम्बईका लागि बलिंगमा जस्प्रित बुम्राह र मार्को जान्सेनले समान २–२ तथा क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले समान १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । मुम्बईका लागि ओपनर क्रिस लिनले सर्वाधिक ४९ रन बनाए ।
यस्तै सूर्यकुमार यादवले ३१, इशान किशनले ३१, कप्तान रोहित शर्माले १९ तथा हार्दिक पांड्याले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैंगलोरका लागि दायाँ हाते पेसर हर्षल पटेलले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए ।
पटेललाई यो सिजन बैंगलोरले टिममा भित्र्याएको हो जसले यस अघिको सिजन दिल्लीबाट खेलेका थिए । यस्तै कायल जेमिसन र वासिंगटन सुन्दरले समान १–१ विकेट लिए भने युजभेन्द्र चहल र मोहम्मद सिराज विकेटविहिन रहे ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया