विश्व बक्सिङ च्याम्पियनसिपमा सुमिना पराजित

काठमाडाैं । पोल्याण्डमा भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सिङ खेलाडी सुमिना खड्का पराजित भएकी छिन् । पोल्यान्डको किल्सीमा आज भएको खेलमा महिला ५४ किलो तौल समूहतर्फ नेपाली खेलाडी खड्का बेलारुसकी विनाराभा आर्नासित अङ्कका आधारमा पराजित भएकी हुन् ।
खड्काले तीन राउन्डसम्म प्रतिस्पर्धा गरेको नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालबाट खड्का र सुष्मा तामाङ सहभागी भएका छन् । महिला ४८ किलो तौल समूहमा तामाङ वाइ पाएर दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।
अब उनले लिथुआनियाकी खेलाडीसित प्रतिस्पर्धा गर्नेछिन् । गतवर्ष चैत पहिलो साता ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट खेलमा खड्काले डेचेन शेर्पालाई तथा तामाङले रमिसा श्रेष्ठलाई पराजित गरेकी थिइन् । पोल्याण्डमा जारी प्रतियोगितामा ५२ मुलुकका २७४ पुरुष तथा १४० महिला खेलाडीको सहभागिता रहेको छ । विश्व बक्सिङ च्याम्पियनसिप यही वैशाख १० गतेसम्म चल्ने छ ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया