खेलकूद महासङ्घको अध्यक्षमा पौडेल

काठमाडाैं । सत्तारुढ नेकपा (एमाले) निकट नेपाल खेलकूद महासङ्घको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । ‘खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित आज सम्पन्न सो महासङ्घको भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन विरोधी गतिविधि गरेको भन्दै उनलाई पदमुक्त गरी युवा सङ्घ नेपालका पूर्व अध्यक्ष रमेश पौडेललाई अध्यक्ष चयन गरेको हो ।
भेलाले पुनः गठन गरेको ५५१ सदस्यीय केन्द्रीय कमिटीको उपाध्यक्षमा पर्शुराम बस्नेत, प्रभातविक्रम कटवाल, ध्रुव आचार्य, निरेशलासिंह, सुदर्शन गुरुङ, सुवास श्रेष्ठ, जीतेन्द्र दाहालसहित १२ जना र महासचिवमा मेघराज पौडेललाई चयन गरेको छ । अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै संयोजक पौडेलले पूर्वाध्यक्ष पुरुषोत्तम पौडेल राजनीति र खेलकूदको मूल मार्गबाट विचलित भई गुटबन्दीमा सक्रिय भएकाले भेलाले कारवाही गरेको बताए ।









‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया