नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीसँगै नेपाल फाइनलमा

काठमाडाैं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि नेदरल्यान्ड्स र मलेसियाले १/१ अङ्क बाडेका छन् ।
वर्षाले पटकपटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले डिएल पद्धतिका आधारमा मलेसियालाई जीतका लागि १३ ओभरमा १२० रनको लक्ष्य दिएको थियो । मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले पुनःखेल रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा मलेसियाले डिएलका आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।
नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोडे भने अनवर अरुदीनले २३ रन बनाए । त्यस्तै भिरनदीप सिंह १४ रनमा आउट भए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले दुई विकेट लिए ।
यसअघि वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले चार विकेट गुमाएर १०७ रन बनाएको थियो । तर डिएल पद्धतिका आधारमा मलेसियाले १२० रनको लक्ष्य लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सेलारले ३७ रन जोडे । एन्टोनीयस स्टाल १० रनमा अविजित रहे ।
मलेसियाका मुहमद वाफीकले दुई विकेट लिए भने पवनदीप सिंह र भीरनदीप सिंहले १÷१ विकेट लिए । यस खेलसँगै नेदरल्यान्ड्स र नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ । नेदरल्यान्ड्सले चार खेलमा पाँच अङ्क जोड्दै शीर्ष स्थानमा समेत उक्लिएको छ भने तीन खेलमा चार अङ्क जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया