नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीसँगै नेपाल फाइनलमा

काठमाडाैं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि नेदरल्यान्ड्स र मलेसियाले १/१ अङ्क बाडेका छन् ।
वर्षाले पटकपटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले डिएल पद्धतिका आधारमा मलेसियालाई जीतका लागि १३ ओभरमा १२० रनको लक्ष्य दिएको थियो । मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले पुनःखेल रोकिएको थियो । त्यसपछि शुरु भएको खेलमा मलेसियाले डिएलका आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।
नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोडे भने अनवर अरुदीनले २३ रन बनाए । त्यस्तै भिरनदीप सिंह १४ रनमा आउट भए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले दुई विकेट लिए ।
यसअघि वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले चार विकेट गुमाएर १०७ रन बनाएको थियो । तर डिएल पद्धतिका आधारमा मलेसियाले १२० रनको लक्ष्य लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सेलारले ३७ रन जोडे । एन्टोनीयस स्टाल १० रनमा अविजित रहे ।
मलेसियाका मुहमद वाफीकले दुई विकेट लिए भने पवनदीप सिंह र भीरनदीप सिंहले १÷१ विकेट लिए । यस खेलसँगै नेदरल्यान्ड्स र नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ । नेदरल्यान्ड्सले चार खेलमा पाँच अङ्क जोड्दै शीर्ष स्थानमा समेत उक्लिएको छ भने तीन खेलमा चार अङ्क जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ ।












अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
कांग्रेसको विशेष महाधिवेशन : नाम दर्ता गराउने प्रतिनिधि ६२ प्रतिशत नाघे
इरानमा सरकारविरोधी आन्दोलन तीव्र
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया