स्वयम्भू स्तूप परिसरका घर बुद्धाचार्य परिवारलाई हस्तान्तरण हुँदै

काठमाडौँ । स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ । विसं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनःनिर्माण गरी यही वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गरिने छ ।
स्वयम्भू पुनःनिर्माण समिति एवं काठमाडौँ महानगरपालिका वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले स्वयम्भूका पुजारीका रुपमा शदियौँदेखि बस्दै आएको बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) पुनःनिर्माण दुई वर्षमा सकिएकाले आगामी सोमबार घरधनीलाई हस्तान्तरण गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
कामपाका प्रवक्ता डङ्गोलले भन्नुभयो, “घर एकीकरण गरेर ९हाउस पुलिङ प्रणालीबाट० सञ्चालन गरिएको काठमाडाँै महानगरको यो पहिलो योजना हो ।” पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ । कामपा–१५ का वडा सदस्य आनन्द गौतमका अनुसार पुनःनिर्माणका लागि करीब रु १७ करोड लागत अनुमान गरिएको थियो । सोमध्ये रु १३ करोड ५२ लाखमा पुनःनिर्माण सम्पन्न गरिएको हो । सो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले बेहोरेका हुन् ।
पुनःनिर्माणको काम २०७५ पुस ३० गतेदेखि थालनी गरिएको थियो । पुनःनिर्माण गरिएका घर घरधनीबाट एकपछि अर्कामा पुस्तान्तरण गर्न मिले पनि बेचविखन गर्न भने पाइने छैन ।
–––रासस









कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
एमाले महाधिवेशनमा देव गुरुङले भने- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन
बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
प्रतिक्रिया