त्रिदेशीय टी–२० क्रिकेटको उपाधि नेपाललाई

काठमाडौँ । नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि हात पारेको छ । नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले उपाधि पाएको हो । नेदरल्यान्ड्समाथी विजय हुदै नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको छ ।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।
ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भएका थिए । नेदरल्याण्डका २ विकेट कमल ऐरीले लिए । यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए ।
टस जितेर पहिले बलिङ गरेको नेदरल्याण्डका तर्फबाट फिलिपे बोसेभाइनले नेपालका २ विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि म्याक्स ओुडाउडले २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेयता नेपालले घरेलु मैदानमा उपाधि जितेको थिएन ।
नेपाल, नेरदल्याण्ड्स र मलसियाबीच भएको त्रिदेशीय शृङ्खलाको उपाधि नेपालले प्राप्त गरेको हो । त्रिदेशीय शृङ्खला वैशाख ४ गतेदेखि सुरुभएको थियो ।


















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया