एनएसएलको उद्घाटन खेलमा काठमाडौं रेजर्स विजयी

काठमाडाैं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडाैं रेजर्स एफसी विजयी भएको छ ।
काठमाडौँले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौँका लागि मेसौके ओलुमोउले निर्णायक गोल गरे ।उनले खेलको ६६औँ मिनेटमा गोल गरे ।
पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् ।
प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एक/एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया