बुधबार, चैत ४, २०८२

तत्काल लकडाउन हुँदैन : मन्त्री ज्ञवाली

मेरोन्यूज २०७८ वैशाख १२ गते १३:३८

काठमाडौँ । कोरोना भाइरसविरुद्ध एमालेले देशभर आफ्ना कार्यकर्तालाई एक ढिक्का भएर काम गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

‘देशभर कोभिडविरुद्धको लडाइँमा एमालले सिंगो पार्टीलाई लगाउने भएको छ, यो सकारात्मक विषय हो,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘समस्या यही रुपमा अगाडि बढ्दै गयो भने गाह्रो हुन्छ, त्यसैले आगामी दिनका लागि सरकारको तर्फबाट अक्सिजनको प्लान्ट विस्तार गर्ने र खोपलाई निरन्तरता दिनेबारेमा निर्णय भयो ।’

यस्तै, पत्रकारसँग कुरा गर्दै उनले विदेशबाट आएका र कोरोना संक्रमणको सम्भावित व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने बताए । उनका अनुसार यसका लागि जिल्ला–जिल्ला र स्थानीय तहसँग सरकारले छलफल अगाडि बढाउने भएको छ ।

बैठकले कोरोना संक्रमण बढे पनि तत्काल देशभर ‘लकडाउन’ नगर्ने जानकारी दिए । उनले भने, ‘कोरोना भाइरस फैलिएको छ, तर तत्काल सरकारले लकडाउन गर्ने बारेमा केही सोचेको छैन ।’

प्रतिक्रिया