बिहीबार, चैत ५, २०८२

गरिखाने अभियान र उपलब्धिबारे कांग्रेसको भर्चुअल अन्तर्क्रिया

मेरोन्यूज २०७८ वैशाख १२ गते १४:१६

काठमाडौं । नेपाली कांग्रेसले भर्चुअल अन्तर्क्रियामार्फत गरिखाने अभियान, यसका उपलब्धि तथा राष्ट्रव्यापी उद्यमशीलता विकास अभियानको नेतृत्व नेपालीले नै गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले राजनीतिमा पनि गरिखाने वर्गलाई स्थापित गर्दै लैजानुपर्नेमा जोड दिए ।उनले गरिखाने वर्गको निर्माणले मात्र मुलुकको आर्थिक रूपान्तरण सम्भव भएको भन्दै राजनीतिक उपलब्धिहरू उपभोग गर्न पनि आम जनतालाई आर्थिक रूपले सबल बनाउनुपर्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल,मीनबहादुर विश्वकर्मा,हरिप्रसाद नेपाललगायतले अर्थतन्त्र, उद्यमशीलता, रोजगारी र पूर्वाधार विकासलाई नेपाली कांग्रेसले प्रमुख एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए । जनताका व्यवहारिक समस्यालाई सम्बोधन गर्नु नै जनमुखी राजनीतिको ध्येय रहेको सांसद एवं उद्योगपति विनोद चौधरीले बताए ।


समितिले गरिखाने अभियानमार्फत् हेटौंडा, झापा, वीरगञ्ज, धनकुटा,संखुवासभा, पोखरा, चितवनलगायत विभिन्न स्थानमा सम्भावित उद्यमीहरू पहिचान गरी उनीहरूलाई उद्यमशीलता विकासका लागि सघाइरहेको छ ।

प्रतिक्रिया