त्रिशूलीमा खसेका एक मजदूरको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयलयका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठ जना सामान्य छन् । उनीहरुको पनि सोही कलेजमा उपचार भइरहेको छ ।
बेपत्ता हुनेमा भारतको विहार घर भएका श्यामबाबु पाठक र सुनिल माझी छन् । उनीहरुको खोजी भइरहेकोे छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान पुलमा काम गर्दै गर्दा फलामसहित मजदूर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएकाको उद्धार गरिएको उनले जानकारी दिए ।
निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । सो स्थानमा १४ मजदूरले काम गरिरहेका थिए । ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८।५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।
––– रासस
















Trump says another “armada” sailing towards Iran
2 killed, 3 injured as roofs collapse in S. Afghanistan
संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्याे चुनावी घोषणापत्र
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
निर्वाचनका लागि दाङमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिक्रिया