हेटौँडामा सवारीसाधन जोर–बिजोर प्रणाली सञ्चालन

हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरीलाई तोकिएको स्थानमा मास्क लगाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए । जोर–बिजोर प्रणाली लागू गर्ने भनि जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई÷बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारीसाधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीले जनाए ।
उनका अनुसार भीमफेदी, कुलेखानी, दामन, पालुङ, भैंसे, मनहरी, लोथर, फापरबारी राईगाउँबाट दैनिक सञ्चालनमा ल्याइएका यात्रुबाहक बसलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाई आ–आफ्नो गनतव्य स्थानसम्म आवजआवत गर्न अनुमती दिइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको केहीदिन अघि बसेको संयुक्त बैठकले प्रथम चरणमा हेटौँडा आसपास क्षेत्रमा सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याउने निर्णयअनुसार आजदेखि उक्त प्रणाली लागू गरिएको प्रजिअ भरतमणि पाण्डेले बताए । रासस
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया