हेटौँडामा सवारीसाधन जोर–बिजोर प्रणाली सञ्चालन

हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरीलाई तोकिएको स्थानमा मास्क लगाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए । जोर–बिजोर प्रणाली लागू गर्ने भनि जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई÷बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारीसाधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीले जनाए ।
उनका अनुसार भीमफेदी, कुलेखानी, दामन, पालुङ, भैंसे, मनहरी, लोथर, फापरबारी राईगाउँबाट दैनिक सञ्चालनमा ल्याइएका यात्रुबाहक बसलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाई आ–आफ्नो गनतव्य स्थानसम्म आवजआवत गर्न अनुमती दिइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको केहीदिन अघि बसेको संयुक्त बैठकले प्रथम चरणमा हेटौँडा आसपास क्षेत्रमा सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याउने निर्णयअनुसार आजदेखि उक्त प्रणाली लागू गरिएको प्रजिअ भरतमणि पाण्डेले बताए । रासस
















Trump says another “armada” sailing towards Iran
2 killed, 3 injured as roofs collapse in S. Afghanistan
संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्याे चुनावी घोषणापत्र
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
निर्वाचनका लागि दाङमा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिक्रिया