आर्थिक अभावले बालकको उपचारमा समस्या
मेरोन्यूज
२०७८ वैशाख १४ गते १३:१५

सिमकोट । जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाका सात वर्षीय बालक लोकेश शाहीका उपचारमा आर्थिक अभाव भएको छ । यसले गर्दा उनी अहिले ओछ्यानमै थला परेका छन् ।
बालकका आमा सम्झना शाहीले छोरोको उपचार गर्न रकम नभएको गुनासो गरिन् । उपचारार्थ जिल्ला अस्पताल पुर्याउँदा छारे रोग भएको र निको हुन समय लाग्ने चिकित्सकले बताएको उनको भनाइ छ । बालकले आफ्ना आमाबुवा बाहेक अन्य व्यक्तिलाई चिन्न गाह्रो भएको आफन्तको जनाएका छन् । उनी करीव छ वर्षसम्म हिडडुल गर्न नसक्ने भए पनि एक वर्षएता आफैँ हिडडुल गर्ने गरेको बताइएको छ ।
बालकलाई खुला छोड्दा माटो र अन्य वस्तु खाने भएकाले बौद्धिक अपाङ्गता भएका संस्थामा पालनपोषण गर्न विभिन्न निकायमा हारगुहार गरिएको छ । ––– रासस
सम्बन्धित









सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया