आर्थिक अभावले बालकको उपचारमा समस्या
मेरोन्यूज
२०७८ वैशाख १४ गते १३:१५

सिमकोट । जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाका सात वर्षीय बालक लोकेश शाहीका उपचारमा आर्थिक अभाव भएको छ । यसले गर्दा उनी अहिले ओछ्यानमै थला परेका छन् ।
बालकका आमा सम्झना शाहीले छोरोको उपचार गर्न रकम नभएको गुनासो गरिन् । उपचारार्थ जिल्ला अस्पताल पुर्याउँदा छारे रोग भएको र निको हुन समय लाग्ने चिकित्सकले बताएको उनको भनाइ छ । बालकले आफ्ना आमाबुवा बाहेक अन्य व्यक्तिलाई चिन्न गाह्रो भएको आफन्तको जनाएका छन् । उनी करीव छ वर्षसम्म हिडडुल गर्न नसक्ने भए पनि एक वर्षएता आफैँ हिडडुल गर्ने गरेको बताइएको छ ।
बालकलाई खुला छोड्दा माटो र अन्य वस्तु खाने भएकाले बौद्धिक अपाङ्गता भएका संस्थामा पालनपोषण गर्न विभिन्न निकायमा हारगुहार गरिएको छ । ––– रासस
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया