होटल क्वारेन्टिनको शुल्क प्रस्ताव, सिंगल बेडको २ हजार ४०० सय र डबल बेडको ४ हजार
मेरोन्यूज
२०७८ वैशाख २० गते १८:३२

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि सरकारले देशभरको होटललाई क्वारेन्टिनस्थलका रुपमा परिणत गर्ने भएको छ ।
होटललाई क्वारेन्टिन बनाउने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटलको शुल्क प्रस्ताव गरेको छ । उक्त शुल्क होटल एसोसिययन नेपाल (हान)लाई पठाइएको छ ।
प्रस्तावित शुल्कअनुसार सिंगल बेडको २ हजार ५०० र डबल बेडको ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सरकारले एकपक्षीय रूपमा शुल्क निर्धारण गरेकाे भन्दै हानले आपत्ति जनाएको छ । हानकी अध्यक्ष सिर्जना राणाले तारे होटलमा उक्त शुल्कबाट सञ्चालन खर्च पनि नधान्ने भएकाले स्वीकार गर्न नसकिने बताइन् ।
सरकारले विदेशबाट आउने यात्रुलाई १० दिन होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । गतवर्ष पनि सरकारले होटल क्वारेन्टाइनको व्यवस्था गरेको थियो ।
सम्बन्धित









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया