होटल क्वारेन्टिनको शुल्क प्रस्ताव, सिंगल बेडको २ हजार ४०० सय र डबल बेडको ४ हजार
मेरोन्यूज
२०७८ वैशाख २० गते १८:३२

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि सरकारले देशभरको होटललाई क्वारेन्टिनस्थलका रुपमा परिणत गर्ने भएको छ ।
होटललाई क्वारेन्टिन बनाउने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटलको शुल्क प्रस्ताव गरेको छ । उक्त शुल्क होटल एसोसिययन नेपाल (हान)लाई पठाइएको छ ।
प्रस्तावित शुल्कअनुसार सिंगल बेडको २ हजार ५०० र डबल बेडको ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सरकारले एकपक्षीय रूपमा शुल्क निर्धारण गरेकाे भन्दै हानले आपत्ति जनाएको छ । हानकी अध्यक्ष सिर्जना राणाले तारे होटलमा उक्त शुल्कबाट सञ्चालन खर्च पनि नधान्ने भएकाले स्वीकार गर्न नसकिने बताइन् ।
सरकारले विदेशबाट आउने यात्रुलाई १० दिन होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । गतवर्ष पनि सरकारले होटल क्वारेन्टाइनको व्यवस्था गरेको थियो ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया